सुचना, समाचार र मनोरन्जन
Sarangi

संघीयताबारे प्रश्न उठिरहेको गण्डकीका मुख्यमन्त्री पाण्डेको जिकिर

काठमाडौँ/

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संघीयताबारे प्रश्न उठिरहेको बताएका छन् । आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले  केन्द्र र स्थानीय सरकार पहिले पनि रहेको तर प्रदेश नयाँ भएकोले प्रहार प्रदेश सरकारमाथि हुने गरेको पनि बताएका छन् ।

केन्द्रीय समिति बैठकमा संघ संसद र सरकारको मात्र चर्चा हुने गरेकोमा उनले असन्तुष्टि जनाए । केन्द्रीय समितिले प्रदेश र स्थानीय तहको सरकारबारे छलफल गरेर निर्देशित गर्नुपर्ने उनको भनाइ छ ।

संघीयता हाम्रो चाहना हो कि होइन भन्दै बैठकमा पाण्डेले प्रश्न पनि गरेका छन् । ‘संघीयता संविधानमा लेखेकोले आत्मसात गरेको हौं वा हाम्रो यो चाहना पनि हो?, उनको प्रश्न छ, ‘यसलाई हाम्रो इच्छाशक्ति छ कि छैन? त्यसबारेमा अब विश्लेषण हुनुपर्दछ ।’

कानुन बनाउने रूची विगतका र अहिलेका सरकारमा नदेखिएको उनको भनाइ छ ।  ‘संविधानले कल्पना गरेअनुसार कानुन बनाउने विगतका सरकारले पनि खासै रूची देखाएका थिएनन् । मुख्यमन्त्रीहरूको पोखराको बैठकले बुँदाहरू लेखेर पनि दिएका थियौं, प्रतिबद्धता पनि आएको थियो । तर त्यसअनुसार कानुन बन्ने तहमा पुगेका छैनौं,’ उनले भने ।

उनले प्रदेशले अधिकार नपाए प्रदेश सरकारको औचित्य नेदेखिने बताए ।  ‘प्रहरी समायोजन, संघीय निजामती कानुन र जग्गा प्राप्ति अधिकार प्रदेश सरकारले पाउन सकेन भने प्रदेश सरकार हामीले कल्पना गरेजस्तो काम गर्न सक्ने अवस्थामा रहँदैन । यी कानुन बनाउन सरकारले पहल गपर्नेमा उनले जोड दिए ।

Leave A Reply

Your email address will not be published.