सुचना, समाचार र मनोरन्जन

एसियन गेम्समा टेनिस खेलाडी प्रदिपलाई सफलता

पोखरा /

१९ औं एसियाली खेलकुदमा टेनिसका प्रदिप खड्काले सफलता प्राप्त गरेका छन् ।

टेनिस मेन्स सिंगल्सतर्फ नेपालका प्रदिपले इष्ट टिमोरका खेलाडीलाई पहिलो चरणमा पराजित गरेका हुन् । उनले इष्ट टिमोरका इन्टोनियो मेन्डेसलाई २–० को सोझो सेटमा पराजित गरे ।

पहिलो सेट ६–० र दोस्रो सेटमा समेत ६–० ले नै प्रदिपले जित हासिल गरेका थिए । अब प्रदिपले आफ्नो दोस्रो खेल जापान विरुद्ध खेल्नेछन् । प्रदीप गण्डकी प्रदेशका खेलाडी हुन् ।

तर नेपालले यस्तै डबल्स तर्फ भारतसँग ६–२, ६–३ को हार व्यहोरेको छ । आइबारै नेपाली खेलाडीले २ महिला सिंगल्स तथा १ पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । तीनै खेलमा नेपाली खेलाडीले हारको सामना गरे ।

महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमा वाइ पाएका थिए । दोश्रो चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसंग सोझो सेटमा ६–० र ६–० को ले पछि परिन् ।

माहिका दक्षिण कोरियाली खेलाडीसंग ०–६ र १–६ ले चुकिन् । पुरुष डबल्समा प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसंग ६–२ र ६–३ ले चुके ।

सोमबार प्रदीपसंगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा खेल्ने छन् । त्यसै दिन अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन् ।

Leave A Reply

Your email address will not be published.