सुचना, समाचार र मनोरन्जन

ईःको अभियानमा कमल थापाको ऐक्यबद्धता

काठमाडौँ/

राप्रपा नेपालका अध्यक्ष कमल थापा अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाउन पुगेका छन् । मंगलबार बिहान पूर्व गृहमन्त्री समेत रहेका थापा राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिएर विरोध गरिरहेका छन् ।

थापाले ऐक्यबद्धता जनाउँदै आफ्नो छातीमा ‘मलाई बालेन मन पर्छ, मलाई ईः मन पर्छ’, लेखिएको प्लेकार्ड झुन्ड्याएका छन् । साथै ईः ले उठाएका मुद्दा जायज रहेको पनि थापाले जनाएका छन् ।

‘सडक, फुटपाथमा जथाभाबी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ। यो राज्यको कर्तव्य हो। यो काममा महानगरपालिकाले सहजीकरण गर्नुपर्छ’, थापाले आफ्नो प्लेकार्डमा लेखेका छन् ।

Leave A Reply

Your email address will not be published.