काठमाडौँ/
सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सेयर लगानीकर्तामा निराशा बढ्दै जाँदा सोमबार गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच छलफल हुँदा मंगलबार सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । जसले गर्दा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हो ।
बोर्ड अध्यक्ष हमाल र गभर्नर अधिकारीबीच मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा बढाउन सकारात्मक छलफल भएको समाचारले मंगलबार सेयर बजारमा पनि सकारात्मक प्रभाव परेको हो । मंगलबार बजार परिसूचक नेप्से १८.४५ अंकले वृद्धि हुँदा २०२२.९१ को विन्दुमा बन्द भएको छ ।