सुचना, समाचार र मनोरन्जन

नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरीने

काठमाडौँ/

नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि मलेसियाको कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

मल कारखाना स्थापनाका लागि आवश्यक पर्ने विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र मलेसियाको रिनिकोला एसडीएन बीएचडी कम्पनीबीच आज बुधवार समझदारी भएको हो । समझदारी पत्रमा लगानी बोर्डका तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रिनिकोला कम्पनीका प्रबन्ध निर्देशक भौमहिदी अब्देलालीले हस्ताक्षर गरेका छन ।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली २०७७ अनुसार रिनिकोला कम्पनीले विद्युतको प्रयोग गरी वातावरणमैत्री प्रविधिमा आधारित मल उत्पादन गर्न गएको पुस १४ गते अध्ययन अनुमति मागेको थियो । मलेसियन कम्पनीको प्रस्तावलाई भदौ ३० गते बसेको बोर्डको ५५ औँ बैठकले स्वीकृत गरेको थियो ।

रिनिकोलाले अनुमति पत्र प्राप्त गरेको २४ महिनाभित्रमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डलाई उपलब्ध गराई सक्नुपर्ने समय सीमा तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.