सुचना, समाचार र मनोरन्जन

ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण

पोखरा/

ठूलाडिही–पोखरा सम्पर्क मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत एकदिने कौसी खेती प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा ठूलाडिहीबाट पोखरामा आई बसोबास गरेका मञ्चका साधारण तथा आजीवन सदस्यको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाल सरकारका पूर्व उपसचिव वरिष्ठ बाली संरक्षण अधिकृत तथा बाली प्रयोगशाला प्रमुख धनबहादुर रानाले सहजीकरण गरेका थिए । प्रशिक्षक रानाले मौषम अनुसार कुन समयमा कुन र कस्ता खेती कसरी लगाउने बारेमा सहजिकरणका साथै बिरुवा उमार्ने विषयमा प्रयोगात्मक सहजीकरणसमेत गराएका थिए ।

मञ्चका अध्यक्ष दुर्गा शाह बाबाले बजारको बसाइ हरेक हिसाबले खर्चिलो भएकाले घर वरपर त्यत्तिकै रहेको जग्गाको उपयोग गरेर खेती उत्पादन गर्नु स्वास्थ्यका लागि लाभदायक हुने भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।

मञ्चका सचिव हरि नेपालले मञ्च सदा प्रभावकारी र व्यवहारोपयोगी कार्यक्रम सञ्चालनमा क्रियाशील रहने जनाउँदै सोही प्रकृतिका सुझाव दिनसमेत आग्रह गरेका थिए । कार्यक्रमका सहभागीले तालिम प्रभावकारी रहेकाले आगामी दिनमा पनि निरन्तरता दिनका लागि आह्वान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.