सुचना, समाचार र मनोरन्जन

एमाले गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा

पोखरा/

नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन सोमबार पोखरामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्‍घाटन गर्ने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

१५ र १६ गते हुने अधिवेशनका लागि पोखराका २१ वटा होटल बुक गरिएको नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए । अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् ।

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन सुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्‍याली हुने शर्माले जानकारी दिएका छन् ।

अधिवेशनबाट नेतृत्व सहमतिबाटै चयन गर्ने गरी प्रयत्न भैरहेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.