सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखरामा असोज १९ गते मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो हुँदै

ट्यालेन्ट शोमा ३२ मन्टेश्वरीका ४ सय ४० बालबालिकाको सहभागिता रहने अध्यक्ष शाल्भी बास्तोला मर्सानीले बताइन् । उनका अनुसार एसोसिएसनमा ४८ मन्टेश्वरी स्कुल आबद्ध छन् ।

पोखरा /

पोखरामा असोज १९ गते मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो हुँदैछ । मन्टेश्वरी एसोसिएसन कास्कीले आयोजनामा उक्त कार्यक्रम हुन लागेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

ट्यालेन्ट शोमा ३२ मन्टेश्वरीका ४ सय ४० बालबालिकाको सहभागिता रहने अध्यक्ष शाल्भी बास्तोला मर्सानीले बताइन् । उनका अनुसार एसोसिएसनमा ४८ मन्टेश्वरी स्कुल आबद्ध छन् ।

मन्टेश्वरीमा भएका बालबालिकाको प्रतिभा प्रस्फोटन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । “मन्टेश्वरी चाइल्ड केयर गर्ने संस्था मात्रै नभई शिक्षा दिने संस्था पनि भएको सन्देश प्रवाहका लागि ट्यालेन्ट शोको आयोजना गरिएको हो ।”, उनले भनिन् ।

सन् २००० बाट कास्कीमा मन्टेश्वरी स्कुल संचालन भएता पनि २०७२ सालमा मात्रै मन्टेश्वरी एसोसिएसन कास्की नामक संस्थाको स्थापना भएको आयोजकले जनाएको छ ।

कार्यक्रमकी संयोजक रिता पौडेलले ट्यालेन्ट शोमा ३२ आइटम प्रस्तुत हुने बताइन् । एकैपटकमा बढीमा १६ जना बालबालिकाले प्रस्तुति राख्ने भनाई उनको छ ।

ट्यालेन्ट शोमा पुरस्कारको भने व्यवस्था गरिएको छैन । कार्यक्रममा बालबालिकाले गायन, चित्रकला, नृृत्य, अभिनय तथा नयाँ अन्य प्रतिभा समेत प्रस्तुत गर्न पाउनेछन् ।

६ वर्ष मुनिका बालबालिकाको सहभागिता रहने गरी कार्यक्रमको आयोजना गरिएको हो ।

सन् २००० बाट कास्कीमा मन्टेश्वरी स्कुल संचालन भएता पनि २०७२ सालमा मात्रै मन्टेश्वरी एसोसिएसन कास्की नामक संस्थाको स्थापना भएको आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.