सुचना, समाचार र मनोरन्जन

सुजल फुड्सको नयाँ प्रस्तुती “Chocofun Joy” बजारमा

Chocofun Joy नेपालकै प्रथम square moulded चकलेट हो जुन पर्याप्त मात्रामा न्यूनतम उपभोग्ता मुल्यमा उपभोक्ता माझ प्रस्तुत गरिएको छ।

पोखरा /

देशको अग्रणी कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रा लि ले आफ्नो नयाँ उत्कृष्ट प्रस्तुती Chocofun Joy बजारमा ल्याएको छ ।

Chocofun Joy नेपालकै प्रथम square moulded चकलेट हो जुन पर्याप्त मात्रामा न्यूनतम उपभोग्ता मुल्यमा उपभोक्ता माझ प्रस्तुत गरिएको छ। यसले गर्दा विगतमा विदेशी चकलेटमा निर्भर्तालाई तोडेर नेपालमै अन्तराष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको Chocofun Joy चकलेट उपभोग गरी चकलेट को मज्जा लिन सकिन्छ ।

बर्गाकार आकारमा, कोकोआको (cocoa) अनुपम स्वाद र मिठासले भरीपूर्ण Chocofun Joy स्वादिष्ट छ। Chocofun Joy मुखमा राख्नन साथ पग्लिन्छ र आनन्द प्रदान गर्दछ। आकर्षक बर्गाकर आकारमा नै यसको अर्को विशेषता हो जुन हेर्दा जो कोहीलाई पनि खाउँ खाउँ लाग्दछ ।

गुलाबी र बैजनी रङमा प्याकेजिङ्ग गरिएको Chocofun Joy को डिजाइन अत्यन्तै आकर्षक र प्रिमियम छ भने सुन्दर चम्किलो सुनौलो Joy को फन्टले Chocofun Joy को प्याकेजिङ्गलाइ अझ बढी उत्कृष्ट र आकर्षक देखायको छ। प्याकको बाहिरी भागमा चकलेटको डीजाइन पनि आकर्षित ढङ्गमा देखाइएको छ ।

Chocofun Joy जार र बक्स दुबैमा उपलब्ध छ। दुबैमा उत्पादनका विशेषताहरू स्पष्ट रूपमा देखैएको छ र जार भित्रको उत्पादन पनि सजिलै देख्न सकिन्छ। Chocofun Joy ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध छ जुन अत्यन्तै आकर्षक छ र यसले उत्पादनलाई सुन्दर र प्रिमियम बनाएको छ । यसको कार्टुन बक्स पनि चम्किलो बैजनी रंगमा उपलब्ध छ। Chocofun Joy मात्र रु १० को अधिकतम खुद्रा मूल्य मा ८ ग्रामको माउथफुल साइजमा बजारमा सर्बत्र उपलब्ध छ ।

Chocofun Joy को उत्पादन संसारकै अत्याधुनिक चकलेट उत्पादन प्रबिधिको प्रयोग गरी औटोमटिक मसिनरीबाट अति स्वस्थकर वाताबरणमा उत्पादन गरिन्छ। अन्तराष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने यस Chocofun Joy को गुणस्तर तथा स्वादमा एकरुपता हुन्छ ।

सुजल फूड्स प्रा लि नेपाल को अग्रणी confectionery कम्पनी हो, जुन ISO २२०००:२०१८ प्रमाणित छ र यो लक्ष्मी समूहको प्रमुख भगिनी संस्था हो। सुजल फूड्सले बिगत ५० वर्ष देखि अन्तरास्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्रि वितरण गर्दै आएको छ। कम्पनी को लोकप्रिय ब्रान्डहरुमा Chocofun, Crave, Rasilo, Fresho, Candyman र Freshdent आदि पर्दछन जसले लाखौ उपभोक्ताहरुको बर्सौ देखि मन जित्न सफल रहेको छ ।

त्यसैगरि Chocofun Joy को अनुपम स्वाद र मिठासले उपभोक्ताहरुको मन जित्न सफल रही बालबालिका तथा युवाहरुको जीवनको अभिन्न अंगभै धेरै रमाइलो र खुसि प्रदान गर्नेछ भन्ने कुरामा कम्पनी बिस्वस्त छ।

Leave A Reply

Your email address will not be published.