सुचना, समाचार र मनोरन्जन

सशस्त्र प्रहरीको कालिका गणद्धारा कास्कीको करुवा स्थित सेति नदिबाट शव उद्धार

पोखरा /

कास्की माछापुच्छ्रे गाँउपालिका वडा नं.१ करुवा स्थित सेति नदिमा मानिसको हात तैरिरहेको अवस्थामा सशस्त्र प्रहरीको कालिका गणले शव उद्धार गरेको छ।

Gokarna Karki

पोखराबाट विशेष खोज तथा उद्वार एंव गोताखोर टोली तत्कालै परिचालन भई सेति नदीको १५० मिटरको खोचको ढुङ्गामा अड्किएको अवस्थामा १४:२५ बजे शवलाई उद्धार गरि पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाएको सशस्त्र प्रहरीको कालिका गणले जनाएको छ ।

उक्त शव कास्की माछापुच्छ्रे गाँउपालिका वडा नं. १ करुवा बस्ने बर्ष २५ का जगत पुन भएको सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वाटर कालिका कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरूणकुमार शर्मा पौडेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.