सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. श्रीकान्त खतिवडा नियुक्त

तनहुँको भानु नगरपालिका वडा नम्बर ८ पुर्कोटका डा. खतिवडा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका अर्थशास्त्र र पर्यटन विषयका उपप्राध्यापक हुन् ।

पोखरा /

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. श्रीकान्त शर्मा खतिवडा नियुक्त भएका छन् ।

मुख्यमन्त्री अध्यक्ष हुने आयोगको उपाध्यक्षमा डा. खतिवडा र सदस्यमा डा. सुवास अधिकारीले सपथ लिएका छन् । तीन सदस्यीय आयोगमा १ सदस्य रिक्त छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डा. खतिवडालाई नियुक्त गरी पद तथा गोपनीयताको सपथ खुवाएका छन् । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीले २७ गतेकै मन्त्रिपरिषद् निर्णयअनुसार डा. खतिवडा नियुक्त भएका हुन् ।

तनहुँको भानु नगरपालिका वडा नम्बर ८ पुर्कोटका डा. खतिवडा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका अर्थशास्त्र र पर्यटन विषयका उपप्राध्यापक हुन् । पर्यटनविद् डा. खतिवडाले विभिन्न योजना, परियोजनामा परामर्शदाताका रूपमा काम गरिसकेका छन् । उनका दर्जनभन्दा बढी अनुसन्धानमूलक आलेखहरू राष्ट्रिय अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् ।

डा. सुवास अधिकारी तनहुँ म्याग्दे गाउँपालिकाका हुन् । उनले चाइनबाट जलवायु परिवर्तनमा विद्यावारिधि गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा उनका अनुसन्धानमूलक आलेख प्रकाशित भएका छन् भने दर्जन पुस्तकका लेखक हुन् ।

मुख्यमन्त्री खगराज अधिकारीले आयोगको उपाध्यक्षमा नेकपा एमालेबाट डा. खतिवडा र सदस्यमा माओवादी कोटाबाट चौँथोपटक पुनः डा.सुवास अधिकारीलाई नै नियुक्त गरेका छन् ।

डा. सुवास अधिकारी तनहुँ म्याग्दे गाउँपालिकाका हुन् । उनले चाइनबाट जलवायु परिवर्तनमा विद्यावारिधि गरेका छन् ।

Leave A Reply

Your email address will not be published.