सुचना, समाचार र मनोरन्जन

पोखरामा खुल्यो ‘पोखरा इभेन्ट सेन्टर’: २ हजार क्षमताको हल

‘पोखरामा ठूला हल भएको कार्यक्रम स्थल नभएका बेला ठुला-ठुला हल सहित पोखरा इभेन्ट सेन्टर बताएको छौ ।’, सञ्चालक शिब आचार्यले भने, ‘सुविधा सम्पन्न इभेन्ट सेन्टर बनाएको बताए ।’

पोखरा /

गण्डकी प्रदेशकै सबैभन्दा ठूलो इभेन्ट सेन्टर {पार्टी प्यालेस} निर्माण भएको छ । पोखराका ५ व्यवसायीले ३० करोड भन्दा बढि लगानीमा पार्टी प्यालेस निमार्ण गरेका हुन् ।

पोखरा ६ बुलौदीमा जग्गा भाडामा लिएर पार्टी प्यालेस निर्माण गरेका हुन् । ‘पोखरामा ठूला हल भएको कार्यक्रम स्थल नभएका बेला ठुला-ठुला हल सहित पोखरा इभेन्ट सेन्टर बताएको छौ ।’, सञ्चालक शिब आचार्यले भने, ‘सुविधा सम्पन्न इभेन्ट सेन्टर बनाएको बताए ।’

उनले एउटै हल २ हजार जना क्षमताको भएको बताए । त्यस हललाई दुई भागमा बाडेर १२ सय र ८ सय जना क्षमताका बनाएर कार्यक्रम गर्न सकिने बताए । पोखरा इभेन्ट सेन्टरमा ७ वटा विभिन्न क्षमताका हलहरु रहेको उनले बताए ।

त्यसै गरी पर्याप्त पार्कीङ, अत्याधुनिक सुविधा सम्पन्न भवनहरू रहेको छन् । उनले केही मात्रमा सञ्चालनमा आएको बताउदै भौतिक संरचना निर्माणको काम सकिएको र साजसज्जाको काम केही हलको अन्तिम चरणमा रहेको बताए ।

ठूलो लगानीमा सुरू गरिएको पार्टी प्यालेसबाट नाफा कमाउने भन्दा पनि आत्म सन्तुष्टिका लागि निमार्ण गरेको बताए । विवाह, विवाह पार्टी, लायन्सहरुका कार्यक्रमहरु र ठुला कार्यक्रमहरु गर्न सकिने उनले बताए ।

यस्तै पार्टी प्यालेसभित्र २४ सै घण्टा खुल्ने गरेर रेष्टुरेन्ट सञ्चालन गर्ने उनले बताए । पार्टी प्यालेसमा पानीका फोहरायुक्त पोखरी, आकर्षक बत्तीहरू जडान गरिएको छ । वास बस्न सुविधा सम्पन्न र अत्याधुनिक शैलीका ६ वटा कोठा समेत छन् ।

Leave A Reply

Your email address will not be published.