सुचना, समाचार र मनोरन्जन

दशैँको टीका–जमरा तेस्रो दिन पनि लगाइँदै

देशका अधिकासं ठाउँमा मङ्गलबार मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले पूर्णिमाका दिनसम्मै मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ।

पोखरा /

दशैँको मुख्य दिन टीका तथा जमरा लगाउन छुटेकाहरुले आज मान्यजनबाट आशीर्वाद थाप्दै छन् ।

देशका अधिकासं ठाउँमा मङ्गलबार मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले पूर्णिमाका दिनसम्मै मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ।

टाढाटाढा जानुपर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा भएपनि, नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ।

अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ।

काठमाडौँ उपत्यकामा बिहिबार बिहानैदेखि टीका थाप्न आफन्तकोमा जानेहरूको चहलपहल देखिएको छ । ठूलाले सानालाई टीका लगाइदिएर आशीर्वाद दिने दशैँमा आफ्ना घरमा पहिला टीका लगाएर आफन्तकहाँ जाने चलन रहेको छ । दशैँले आपसी सद्भाव, सुख तथा शान्ति हुने धार्मिक विश्वास रहेको छ।

नौ दिनसम्म दशैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट मंगलबार टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मान्यजनबाट टीका र जमरा लगाइन्छ ।

Leave A Reply

Your email address will not be published.