पोखरा /
निर्देशक जनकदीप पराजुलीले पान इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन थालेका छन् । प्रभु देवा स्टारर दक्षिण भारतीय फिल्म ‘सत्य मंगला’को छायांकन पोखरामा चलिरहेको छ । अभिनेता तथा डान्स कोरियोग्राफर देवा आफैं नआएपनि ‘बडी डबल’ कलाकारले उनको भूमिकामा अभिनय गरिरहेका छन् ।
धम्पुस र लेकसाइड क्षेत्रमा फिल्मको छायांकन गरिएको छ । फिल्मको नेपाल सेड्युल सोमबार सकिने जनाइएको छ । यो फिल्मको नेपाल छायांकन व्यवस्थापन जनकदीप पराजुलीले हेरिरहेका छन् । स्टेफन जोसेफसँगै पराजुली स्वयं पनि यो फिल्मका को–डिरेक्टर हुन् । आर्यन प्रतापले यसलाई निर्देशन गरिरहेका छन् । बलिउडका लाइन प्रोड्युसर राजेन्द्र घिमिरेको अभिनयसमेत रहेको यो फिल्मको छायांकन नेपालमा गराउनुमा निर्देशक पराजुलीको ठूलो योगदान छ ।
तुवाँलो र प्रदूषणले काठमाडौंबाट हिमालको दृश्य नदेखिएपछि टोली सुटिङका लागि पोखरा पुगेको थियो । तुवाँलोले त्यहाँ पनि हिमाल नदेखिएपछि उक्त दृश्य सुट नगरिएको पराजुलीले जानकारी दिए । ‘मौसमले साथ दिएन तर पोखराको रमणीय दृश्य र धम्पुसको नेपाली लुक्सको पनि सुट भयो,’ उनले भने ।
बलिउडका लाइन प्रोड्युसर राजेन्द्र घिमिरेको अभिनयसमेत रहेको यो फिल्मको छायांकन नेपालमा गराउनुमा निर्देशक पराजुलीको ठूलो योगदान छ ।
फिल्ममा प्रभु देवासहित शाही तन्सिखा र शंकर आर्यनको मुख्य भूमिका छ । शंकर पनि पोखराको सेटमा सहभागी छन् । नेपालबाट भने राजेन्द्र घिमिरेसहितका तीन पोखरेली कलाकारले अभिनय गरेका छन् ।
कन्नड भाषाको यो फिल्मले भारतबाट भागेर नेपाल आइपुगेका केही पात्रको खोजीका लागि प्रहरीले चलाएको खोजी अप्रेसनको कथा भन्छ । फिल्ममा प्रभु देवासहित शाही तन्सिखा र शंकर आर्यनको मुख्य भूमिका छ । शंकर पनि पोखराको सेटमा सहभागी छन् । नेपालबाट भने राजेन्द्र घिमिरेसहितका तीन पोखरेली कलाकारले अभिनय गरेका छन् ।
आगामी डिसेम्बर वा जनवरीमा प्रदर्शन लक्ष्य राखिएको यो फिल्म कन्नड भाषासहित तमिल, तेलुगू, मलयालम र हिन्दी भाषामा रिलिज हुने जनाइएको छ । यो फिल्मको छायांकन नेपालसहित थाइल्याण्ड, श्रीलंका र भारतमा पनि हुने तयारी छ ।
फिल्म ‘प्रोडुसर’ निर्देशकपछि कुनैपनि नेपाली निर्माताले पत्याउन नसकेका पराजुलीले विदेशी फिल्म र विज्ञापन चलचित्र भने निर्देशन गरिरहेका छन् । यो विदेशी फिल्म मेकरहरुसँग उनको पहिलो सहकार्य भने होइन । जनकदीप बेला–बेलामा नेपाल मै बसेर विदेशी फिल्म मेकरहरुसँग सहकार्य गरिरहेका हुन्छन् ।
पराजुली अहिले चलचित्र निर्देशक समाजका अध्यक्ष पनि हुन् । उनले केही अगाडि फिल्म ‘पापी मान्छे ३’ निर्देशन घोषणा समेत गरेका थिए ।