सुचना, समाचार र मनोरन्जन
Sarangi

आविष्कार केन्द्रलाई एनआरएनए उपाध्यक्ष शेरचनले दिए १ लाख

पोखरा/

एनआरएनएका नव निर्वाचित उपाध्यक्ष रोविन शेरचनले पोखरामा आइटी हब बनाउन राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । केन्द्रका प्रमुख महावीर पुनलाई उनले १ लाख नगद हस्तान्तरण गरेका हुन् । आविष्कार केन्द्रले पोखरामा आइटी हब बनाउने अभियान चलाएको छ । आर्थिक अभावका कारण काम अघि बढ्न नसकेको पुनले बताए । उनले केही समयअघि आफ्नै लालपुर्जाको जग्गा बेचेर पोखरामा काम गर्ने घोषणा गरेका थिए ।

तर जग्गा विक्री भएको छैन । गण्डकी प्रदेश सरकारसँग पनि उनले आर्थिक सहयोग मागेका थिए । तर कागजी झन्झट दिएको भन्दै सरकारकै आलोचना गर्दै आएका थिए । अघिल्लो वर्ष गण्डकी सरकारले नवप्रवर्तनमा १० करोड विनियोजन गरेको थियो । शेरचनले नवप्रवर्तनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । ‘देशबाट युवा शक्ति पलायन भएको चिन्ता नेपालमा भएकालाई मात्रै होइन, हामी विदेशमा भएकालाई पनि छ । देशमा युवा शक्ति नभए देश नै रहँदैन,’ उनले भने, ‘हामी बाध्यताले बाहिरिए पनि मन नेपालमै छ । यो देश बनाउने दायित्व हाम्रो पनि हो ।’

एनआरएनएले नेपालमा लगानी भित्र्याउन विशेष अभियान चलाउने शेरचनको भनाई छ । आविष्कार केन्द्रले गरेका कामप्रति उनले धन्यवाद दिए ।

Leave A Reply

Your email address will not be published.