सुचना, समाचार र मनोरन्जन

२५६८ औं बुद्ध जयन्तीको अवसर पारेर धार्मिक प्रवचन कार्यक्रम हुने

पोखरा /

नजिकिदै गरेको २५६८ औं बुद्ध जयन्ती एवंम सागा दावा तिथिको अवसर पारेर धार्मिक प्रवचन कार्यक्रम आयोजना गरिने भएको छ ।

Gokarna Karki

बुद्ध जयन्ती मूल समारोह समिति कास्कीको सप्ताहव्यापी कार्यक्रम अनुसार बैदाम तामाङ सेवा समाजले धार्मिक प्रवचन कार्यक्रम आयोजना गरिने भएको हो ।

उक्त धार्मिक कार्यक्रम “पेमा धेछेनलिङ” गुम्बामा गुरुङ लामा सघं नेपालको अध्यक्ष श्रदेय धर्म गुरु खेन्पो शिर लामा र पञ्चासे बिहारको संस्थापक लामा मिन गुरुङबाट बुद्ध जिवनी र प्रज्ञा पारमिताको विषयमा धर्मदेशना प्रवचन हुने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।

उनका अनुसार औपचारिक कार्यक्रमको उद्घाटन बिहान ७ः१५ बजे हुने भएता पनि पूजा भने बिहान ६ बजे बाटै बत्ति बाल्ने कार्यक्रम रहेको छ।

सोही कार्यक्रमका प्रमुख अतिथि गुरुङ लामा सघं नेपालको अध्यक्ष श्रद्देय धर्म गुरु खेन्पो शिर लामा रहेको र उक्त कार्यक्रमको स्वागत मन्तव्य पेमा धेछेन्लिङ गुम्बाका प्रमुख धर्म गुरु लामा पाल्देन तामाङ योन्जनले गर्नुहुने जानकारी दिए ।

यहिं जेठ ५ गते शनिवारका दिन हुदैं गरेको पवित्र धार्मिक कार्यक्रममा विशेष गरी बुद्धको ज्ञान, प्रवचन, श्रवण गर्न र प्रसाद ग्रहण गरी धर्मको लाभ लिनका निमित्त सम्पुर्ण बुद्धधर्मवलम्बीहरुलाई उपस्थितिको लागि आह्वान गरे ।

Leave A Reply

Your email address will not be published.