सुचना, समाचार र मनोरन्जन

तनहुँको दमौली बजारमा आगलागी, १२ घरका २० सटर जलेर नष्ट

तनहुँ /

तनहुँको दमौली बजारमा आगलागी हुँदा २० सटर जलेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गएराती ब्यास नगरपालिका वडा नं ३ स्थित तरकारी लाइनमा रहेका पसलहरुमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दिपककुमार रायका अनुसार राति सवा १ बजे सूरु भएको आगलागी बिहान ३ बजे मात्रै निभाइएको थियो। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू खटिएका थिए।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकल परिचालन गरिएको थियो। आगलागीबाट तरकारी लाइनमा रहेका १२ घरमा रहेका २० वटा पसल नष्ट भएका छन्।तीमध्ये अधिकांश मोबाइल पसल, पुस्तक पसल र तरकारी पसल रहेको रायले जानकारी दिए।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको डिएसपी रायले जानकारी दिए। तनहुँको दमौली बजारमा आगलागी हुँदा २० सटर जलेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गएराती ब्यास नगरपालिका वडा नं ३ स्थित तरकारी लाइनमा रहेका पसलहरुमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दिपककुमार रायका अनुसार राति सवा १ बजे सूरु भएको आगलागी बिहान ३ बजे मात्रै निभाइएको थियो। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू खटिएका थिए।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकल परिचालन गरिएको थियो। आगलागीबाट तरकारी लाइनमा रहेका १२ घरमा रहेका २० वटा पसल नष्ट भएका छन्।तीमध्ये अधिकांश मोबाइल पसल, पुस्तक पसल र तरकारी पसल रहेको रायले जानकारी दिए।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको डिएसपी रायले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.