सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

दोहोरी साँझ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझलाई

पोखरा कलाकार खेलकुद संघको आयोजनामा फुलबारी स्थित ग्रीन गार्डन स्पोर्ट हबमा आयोजित प्रथम अन्तर दोहोरी साँझ स्तरीय महिला भलिबलको उपाधि पोखरा चिप्लेढुंगा स्थित निरमाया दोहोरी साँझले हात पारेको हो ।

पोखरा /

दोहोरी साँझ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी हात पारेको छ । पोखरा कलाकार खेलकुद संघको आयोजनामा फुलबारी स्थित ग्रीन गार्डन स्पोर्ट हबमा आयोजित प्रथम अन्तर दोहोरी साँझ स्तरीय महिला भलिबलको उपाधि पोखरा चिप्लेढुंगा स्थित निरमाया दोहोरी साँझले हात पारेको हो ।

प्रतियोगिताबाट बाराही दोहोरी साँझ दोस्रो र आयोजक तेस्रो भएको छ । विजयी भएसँगै निरमायाले खसी उपहार प्राप्त गरेको छ । निरमायाबाट सिता मगर, इन्दिरा पुन मगर, निरुता थापा मगर, माया पुन मगर, एलिना पुन मगर, सुष्मा पुन मगर, सुनिमा गुरुङ, लक्ष्मी गुरुङ खेलेका थिए । उनीहरुलाई रोशन थापा मगरले कोच गरेका थिए ।

IVF Big

निरमाया दोहोरीकै सीता काउचा मगर उत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनले नगद सहित भलिबल प्राप्त गरिन् । उक्त प्रतियोगितामा पोखरामा संचालित ८ वटा महिला समुहको सहभागिता रहेको थियो ।

सो अवसरमा रस्साकस्सी र म्युजिकल चियर प्रतियोगिता समेत भएको थियो । रस्साकस्सीमा निरमाया दोहोरी साँझले नै जितेको छ भने म्युजिकल चियरमा समेत निरमाया दोहोरी साँझकी निरुता थापामगरले जितेकी छिन् । दोहोरीको सफलता प्रति संचालक जीवन गुरुङ खुशी छन् । पोखरा दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष समेत रहेका गुरुङले भाइचाराको सम्बन्ध स्थापित गर्न यस्ता प्रतियोगिताको आयोजना हुँदै जानुपर्ने बताए ।

संचालक सुरेन्द्र गुरुङले दोहोरीका कलाकार खेलमा समेत उत्कृष्ट भएको देख्न पाउँदा खुशी लागेको उल्लेख गरे । निरमाया दोहोरी साँझ पारिवारिक दोहोरी साँझ भएको उनले बताए । यस्ता खालका प्रतियोगितामा आगामी दिनमा समेत सहभागी हुँदै जाने भनाई उनको छ । विगत २१ वर्षदेखि निरमाया दोहोरी साँझले सेवा प्रवाह गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.