सुचना, समाचार र मनोरन्जन

गण्डकीका मुख्यमन्त्री पाण्डे संगै दुई मन्त्री थापा र डा. गुरुङले लिए शपथ

कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा.  टकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् ।

पोखरा /

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रोपटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा.  टकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि गरेका  गुरुङले बुधबार नै पद तथा गोपनीयताको शपथ लिनेछन् ।

गुरुङ अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका उपनेता थापा प्रदेशसभाको अघिल्लो कार्यकालमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा कानुन मन्त्री बनेका थिए ।

Leave A Reply

Your email address will not be published.