सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

२०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने रवि लामिछानेको दावी

काठमाडौँ/

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना दलले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा रिहा गरेर नयाँ दल र जनतालाई के गर्नसक्छौं गर भन्ने चुनौती दिइरहेको पनि बताए ।

IVF Big

उनले आउने चुनावमा कुनैपनि दललाई एक सिट पनि जित्न नदिने जिकिर समेत गरे । ‘‘कयौं बेथितिका चुनौतीहरु दिएका छन् । भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन् । तपाईंहरुको आवाज त्यति सुनिएन भनेर कहिलेकाहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । के मा दिने, कति दरो बोल्ने, के भन्ने? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने । एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला’, सभापति लामिछानेले भने ।

पुराना दललाई मत दिएर जिताउनु भनेको फेरि भ्रष्टाचार र अनियमिततालाई प्रश्रय दिए सरह हुने उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.