सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

जेएमसीमा तथ्याङ्क व्यवस्थापन तथा विश्लेषण कार्यशाला गोष्ठी

पोखरा /

पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा तिन दिने तथ्याङ्क व्यवस्थापन तथा विश्लेषण कार्यशाला गोष्ठी सुरु भएको छ ।

गोष्ठीको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले मुलकभरका सामुदायकि क्याम्पसहरूमा दुईपटक उत्कृष्ट भइ क्युएएको तेस्रो चक्र पूरा गरेको क्याम्पसको आयोजनामा कार्यक्रम गर्न पाउँदा खुशी लागेको बताए । विजुक्छेले अनुसन्धानका लागि तथ्याङ्क व्यवस्थापन र विश्लेषण महत्वपूर्ण हुने भएकाले सक्रिय सहभागिताका लागि शुभकामना दिए ।

IVF Big

निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले प्राज्ञिक अनुसन्धानलाई लक्षित गरी आयोजित गोष्ठी अनुसन्धान कार्य गर्नेका लागि फलदायी हुने बताउँदै विश्लेषणात्मक क्षमताको विकास गर्न आग्रह गरे ।

गोष्ठीमा पृथ्वीनारायण क्याम्पस, कन्या बहुमुखी क्याम्पस, गुप्तेश्वर बहुमुखी क्याम्पस, भद्रकाली बहुमुखी क्याम्पस, कालिका बहुमुखी क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस, आदिकवि भानुभक्त क्याम्पसका ३० जनाको सहभागिता रहेको छ ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित गोष्ठीको सहजीकरणका लागि स्रोत व्यक्तिहरू प्राडा विकासकुमार केसी, डा. अच्युत ज्ञवाली, माधव बराल, राजेन्द्र उपाध्याय, आनन्द ढुंगाना रहेका छन् ।

निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काको सभापतित्वमा सञ्चालित गोष्ठीमा सहायक क्याम्पस प्रमुख मेखराज पौडेलले उद्धेश्यमाथि प्रकाश पारेका थिए भने प्रशासक एकनारायण अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.