काठमाडौं /
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो {सीआइबी}ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको छ ।
बैंकको ऋण प्रवाहमा अनियमितता भएको पाइएपछि अनुसन्धान गरिरहेको सीआइबीले उनीहरुलाई पक्राउ गरेको हो । सीआइबीले विगत केही महिनायता यस बैंकको अनियमितताको अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानकै क्रममा यसअघि सीआइबीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ ।