सुचना, समाचार र मनोरन्जन

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

पोखरा /

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्।

Gokarna Karki

सोमबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले स्वीकृत भएको हो। ५९ सांसद सहभागी बैठकमा पाण्डेको पक्षमा ३१ सांसदहरुले मत दिएका थिए। पाण्डेको विपक्षमा २८ मत परेको थियो।

मुख्यमन्त्री पाण्डेलाई नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले समेत मत दिएका थिए। देवकोटाले माओवादीको ह्विप विपरीत फ्लोर क्रस’ गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन्।

त्यस्तै उनको पक्षमा कांग्रेसका २७, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङले मत दिए भने एमालेका २२ र माओवादीका ६ सांसदले विपक्षमा मत दिएका थिए। मुख्यमन्न्त्री पाण्डे संविधानको धारा१६८ {३} बमोजिम जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

Leave A Reply

Your email address will not be published.