सुचना, समाचार र मनोरन्जन

पुम्दीकोट महादेव मन्दिर जाँदै गरेको नगरबस दुर्घटना: १६ यात्रु घाइते

बसमा ३५ जना सवार थिए । प्रारम्भिक सूचना अनुसार १६ जना घाइते भएकोमा ४ जनाको अवस्था केही गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी एसएसआई शिव पाठकले जानकारी दिए ।

पोखरा /

पोखरा महानगरपालिका वडा नं.२२ मा नगरबस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।

पोखरा छोरेपाटबाट शान्ति स्तुपा हुँदै पुम्दिकोट महादेव मन्दिर जाँदै गरेको ग १ ख ८५८५ नम्बरको माइक्रो बस छोरेपाटनदेखि ५०० मिटर माथि घैयाखेत एरियामा भिरबाट लगभग २० मिटर तल खसेको कास्की प्रहरीले जनाएको छ ।

बसमा ३५ जना सवार थिए । प्रारम्भिक सूचना अनुसार १६ जना घाइते भएकोमा ४ जनाको अवस्था केही गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी एसएसआई शिव पाठकले जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार घाइतेहरुको पोखराका अस्पताहरूमा उपचार भइरहेको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ । कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको छ ।

छोरेपाटनदेखि शान्ति स्तुपाहुँदै महादेव मन्दिरसम्म चल्ने पोखरा यातायात प्रालिको सो बस दिउँसो पौने १ बजेतिर उकालो स्थानमा दुर्घटनामा परेको हो । घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत् अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.