सुचना, समाचार र मनोरन्जन
Sarangi

शैक्षिक सत्रको बीचमा हुने सरुवा रोकियो

काठमाडौं/

स्याङ्जाको फेदीखोला गाउँपालिकाले शैक्षिक सत्रको बीचमा शिक्षकहरुको अन्तर पालिका सरुवामा सहमति नदिने भएको छ ।

शैक्षिक सत्रको बीचमा हुने शिक्षक सरुवा तथा पदपूर्तिका कारण शैक्षिक गुणस्तरमा प्रभाव पर्ने भन्दै पालिकाले अन्य पालिकामा सरुवा भई जान शिक्षकलाई सहमति नदिने सूचना जारी गरेको छ ।

‘शैक्षिक सत्र २०८० को कक्षा ८ को परीक्षाको नतिजाबारे विश्लेषण गर्दा अपेक्षित शैक्षिक गुणस्तर कायम नहुनुमा शैक्षिक सत्रको बीच बीचमा हुने शिक्षक सरुवा र पदपूर्ति गर्न लाग्ने समयावधि एक प्रमुख कारण भएको ठम्याइ हुन जाँदा हाललाई अर्को व्यवस्था वा निर्णय नहुदाँसम्म फेदीखोला गाउँपालिकादेखि अन्यत्र स्थानीय तहमा सरुवा भइ जानलाई सहमति नदिइने पालिकाको सूचनामा भनिएको छ ।

Leave A Reply

Your email address will not be published.