सुचना, समाचार र मनोरन्जन

गण्डकीका प्रदेशसभा सदस्य देवकोटा कारबाहीमा पर्ने सम्भावना

पोखरा/

गण्डकीमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका नेसपा नेता तथा माओवादीका सांसद फणीन्द्र देवकोटा आजै निलम्बित हुने सम्भावना छ । शुक्रबार ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक यही विषयमा छलफल चलिरहेका कारण सुरु हुन ढिलाई भएको छ ।

संसद सचिवालयका एक कर्मचारीले उनको निलम्बन वा कारबाहीको पत्र सभामुखको रिडिङ पेपरमा भने नभएको बताएका छन् । यद्यपी माओवादीले चाहिँ देवकोटाको आजै कारबाही हुने र संसद सचिवालयमा जानकारी पुगिसकेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.