सुचना, समाचार र मनोरन्जन

टी–२० विश्वकप : दक्षिण अफ्रिकासङ्गको खेलमा नेपालले बलिङ गर्दै

एजेन्सी/
आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र दक्षिण अफ्रिकाबीचको खेल शुरु भएको छ । वेस्ट इन्डिजको किङ्सटाउनमा नेपालले टस जितेर पहिला बलिङ रोजेपछि दक्षिण अफ्रिकाले ब्याटिङ थालेको छ । समूह ‘डी’ मा दक्षिण अफ्रिका ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका सुपर–आठमा पुगिसकेको छ । नेपाल २ खेलमा १ अङ्कसहित चौथो स्थानमा छ ।

‘सुपर–८’ मा पुग्ने सम्भावना कायमै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले ८ बल बाँकी छँदा ४ विकेट गुमाएर भेटाएको थियो ।

यस्तै श्रीलङ्कासँगको दोस्रो खेल वर्षाले रद्द भएपछि अङ्क बाँडिएको थियो । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । यस्तै दक्षिण अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ४ विकेट र तेस्रो खेलमा बङ्गलादेशलाई ४ रनले हराएको थियो ।

आजको खेलमा नेपाली टोलीमा सन्दीप लामिछाने पनि समेटिएका छन् । उनले ५२ वटा टी–२० खेलमा ९८ विकेट लिएका छन् । आज दक्षिण अफ्रिकासँगको खेलमा २ विकेट लिए उनी टी–२० क्रिकेटमा एक सय विकेट लिने पहिलो नेपाली खेलाडी समेत बन्नेछन् । टी–२० विश्वकप क्रिकेटमा आयोजक अमेरिका र वेस्ट इन्डिजसहित भारत, अस्ट्रेलिया, अफगानिस्तान र दक्षिण अफ्रिका प्रतियोगिताको सुपर–आठमा पुगिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.