सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

लोकसेवाका परिक्षण विधिहरुमा समय सापेक्ष सुधार गर्न उपराष्ट्रपतिको सुझाव

काठमाडौँ/

कार्यवाहक राष्ट्रपति रामसहाय यादवले लोक सेवा आयोगले परीक्षण विधिहरूमा समयसापेक्ष सुधार र परिष्कृत गर्दै लैजानुपर्ने बताएका छन् ।

शनिबार लोक सेवा आयोगको ७४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रूपमा सधैं आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका हुन् ।

IVF Big

उनले भने, ‘लोक सेवा आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रूपमा सधैँ आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्छ । सो जिम्मेवारी सहितको काममा आयोग सफल भएको पनि छ ।’

आयोग योग्यताका सबै तत्त्वहरू पूर्वानुमान हुने गरि आफ्नो परीक्षण विधिहरूमा समयसापेक्ष सुधार र परिष्कृत गर्दै अघि बढ्नुपर्छ । यसले उत्कृष्ट कर्मचारीको छनोटमा टेवा पुग्छ । मुलुकमा सुशासन कायम गर्ने मूल मर्मसहितको मार्गमा विचलित हुनुहुँदैन ।’

आयोगले कर्मचारी भर्ना प्रक्रियालाई वर्तमान परिवेशले सिर्जित समस्या र चुनौतीहरूको सामना गर्नेगरि समयानुकूल बनाउनुपर्ने साहले बताए ।

Leave A Reply

Your email address will not be published.