सुचना, समाचार र मनोरन्जन

देशभरका २९१ जना शिक्षक काजमा, ५९ जनालाई स्पष्टीकरण

काठमाडौ/

देशभरका २९१ जना शिक्षकहरू काजमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा देशभरका २९१ जना शिक्षकहरू काजमा खटिएको बताइन् ।

Gokarna Karki

तीमध्ये ५४ जना शिक्षकको काज फिर्ता भएर आफ्नो दरबन्दी कायम रहेको विद्यालयमा गइसकेको मन्त्री श्रेष्ठले बताइन् । त्यस्तै काजमा खटिएका ५९ जना शिक्षकहरूलाई स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।

शिक्षा मन्त्रालयले दरबन्दी कायम रहेको विद्यालयमा नभई काजमा खटिएका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको थियो । गम्भीर प्रकृतिको रोग लागेका बाहेकका शिक्षकहरूको काज फिर्ता गरेको थियो । त्यसको जानकारी शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत शिक्षा शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेको थियो । त्यसको विवरण पठाउन भनेको थियो । काजमा गएका शिक्षकहरूको एकीकृत तथ्याङ्क बनाउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.