काठमाडौं /
बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन्।
उनको शव संसद भवनभित्रको शौचालयमा भेटिएको हो। दोलखाका गोलेले आफैंले बोकेको हतियारले गाली हानि आत्महत्या गरेका हुन्।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले गोले घटनास्थलमै मृत फेला परेको जानकारी दिए । घटनाबारे थप बुझ्ने काम भइरहेको उनले बताए ।
मृतक गोले दोलखाको मेलुङ गाउँपालिका ४ का बासिन्दा हुन् । उनी नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।
उनले करिब ८ बजेतिर आफूले बोकेको इन्सास राइफलले निधारमा गोली हानेका थिए । उनी संसद भवनको दुई नम्बर गेटको वायाँतर्फ रहेको शौचालयमा करिब सवा आठ बजेतिर मृत फेला परेका थिए