सुचना, समाचार र मनोरन्जन

भारतले आतंकवादी घोषणा गरेका खालिस्तानी नेतालाई क्यानडाको संसदमा श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं /

मङ्गलबार क्यानडाको संसदमा खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरलाई श्रद्धाञ्जली अर्पण गरिएको छ।

Gokarna Karki

जुन १८ मा क्यानडाको संसदको हाउस अफ कमन्सका सभामुख ग्रेग फर्गसले भने, ‘हाउसका सबै दलका प्रतिनिधिबीचको छलफलपछि ब्रिटिश कोलम्बियामा हत्या गरिएका हरदीप सिंह निज्जरको सम्मानमा मौन धारण गर्ने सहमति भएको छ ।”

त्यसपछि सदनका सबै सदस्य उठेर केही बेर मौनधारण गरेका थिए । हरदीप सिंह निज्जरको १८ जुन २०२३ मा गुरुद्वाराको पार्किङ स्थलमा गोली हानी हत्या गरिएको थियो।

निज्जर क्यानडाको भ्यानकुभरमा रहेको गुरु नानक सिख गुरुद्वाराका अध्यक्ष पनि थिए।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारत सरकारका एजेन्टको संलग्नता रहेको आरोप लगाएका छन् । ट्रुडोले सेप्टेम्बर २०२३ मा क्यानाडाको संसदमा यी आरोप लगाएका थिए।

तर भारत सरकारले यी आरोपलाई ‘निराधार’ भनेको छ। क्यानडा प्रहरीले खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा संलग्न तीन भारतीयलाई पनि पक्राउ गरेको थियो।

Leave A Reply

Your email address will not be published.