सुचना, समाचार र मनोरन्जन
Sarangi

थाई एअरले पुनः काठमाण्डौ–बैङ्कक उडान थाल्यो

काठमाडौँ/

थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एअरवेज इन्टरनेशनलले काठमाण्डौ–बैङ्कक उडान फेरि शुरु गरेको छ । कोभिड–१९ का कारण काठमाण्डौको उडान बन्द गरेको कम्पनीले हिजोदेखि फेरि उडान थालेको हो ।

कम्पनीले कोभिडका कारण सन् २०२० मार्च २५ तारिखदेखि काठमाण्डौ गन्तव्यको उडान बन्द गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एअरवेजले उडान फेरि थालेको छ ।

थाई एअरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो । कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो समय उडान गरेको छ । कोभिडपछि अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

गएको असोज ३० गते अहिलेसम्मकै सर्वाधिक उडान दुईतर्फी एक सय १३ उडान भएको थियो । कात्तिकको पहिलो हप्ता एक सय १० हाराहारी उडान भएको थियो । नेपालमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.