सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनल खेल भोली

पोखरा/

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा पर्वतले सान्तवना जित निकालेको छ ।

Gokarna Karki

पोखरा रंगशालामा जारी प्रतियोगिताको समुह बीको अन्तिम खेलमा गोरखालाई ५१ रनले पराजित गरेको हो । यो जित संगै पर्वतले समुह बिमा ३ अंक जोड्दै तेस्रो स्थानमा कायम भएको छ । पर्वतको जितमा कप्तान अमृत गुरुङले ५३ रनको अर्धशतकिय पारी खेले । उनले आफ्नो अर्धशतक पुरा गर्न ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

यस अघि टस जितेर व्याटिङ रोजेको पर्वतले १९.४ ओभरमा अतिरिक्त १३ रनका साथ ११२ रन जोडेको थियो । पारी सुरुवात गरेको पवर्त पाँचौ विकेट सम्म खेलमा कुनै गति दिन नसके पनि छैटौं क्रममा आएका अमृतले पारीलाई सम्हालेका थिए । विकाश क्षेत्रीले १३ र सुदर्शन कुंवरले १० रन बाहेक अन्य खेलाडी सस्तैमा पेभिलिएन फर्किएका थिए ।

गोरखाका मेहुल श्रेष्ठले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए भने प्रविद्ध बज्रचार्य र पंकज पाण्डेले समान २–२ विकेट लिए ।

यता जवाफी व्याटिङका लागि उत्रिएको गोरखा १४.१ ओभरमा ६१ रनमा धराशायी भयो । गोरखाका कपिल कट्टेलले सर्वाधिक १३ रन बनाए । खेलमा पर्वतले ७ जना बलरलाई मौका दियो । हरेक बलरले विकेट हात पारे । रोशन गौतम र लक्ष्मण थापाले २–२ विकेट लिएका थिए ।

फाइनल खेल भोली (बिहिबार) कास्की र स्याङजाका बीच हुनेछ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।

Leave A Reply

Your email address will not be published.