चितवन/
श्री एयरलाइन्सले आज काठमाडौं-भरतपुर परीक्षण उडान गर्ने भएको छ ।
प्राविधिकहरुसहित परीक्षण उडान गर्न लागिएको भरतपुर विमानस्थल निमित्त प्रमुख दिपक विकले जानकारी दिए । कम्पनीको क्यू ४०० सिरिजको जेठ इन्जिन जहाज भरतपुर आउँदैछ।
परीक्षण उडानको औपचारिक रुपमा उद्घाटन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि भरतपुर आउँदै छन् । श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो ।
श्रीको ८० सिट क्षमताको जहाज भरतपुर आउन लागेको हो । अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् ।
भरतपुर विमानस्थल प्रमुख विकका अनुसार अहिले ८० सिटको जहाजको उडान परीक्षण हुने र कति यात्रु बोक्छ भन्ने कुरा हेर्न खोजिएको बताए ।
भरतपुर विमानस्थलको रनवे छोटो भएको कारणले ७२ सिटे एटिआर जहाज आउन सकेका थिएनन् । तर, श्री एयरलाइन्सको जहाज भने छोटो रनवेमा पनि अवतरण गर्न सक्छ ।
श्री एयरलाइन्सले नियमित रुपमा भरतपुरमा उडान भरेमा हवाईखभाडा घट्ने विश्वास लिइएको छ ।