सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

सिड्नीमा खुल्यो माया लाउन्ज, महजोडीले गरे उद्घाटन

पोखरा /

अष्ट्रेलियाको सबैभन्दा ठूलो र पुरानो सहर सिड्नीमा माया लाउन्ज खुलेको छ । तीन वर्षको मिहिनेतपछि ३ सयभन्दा बढी ग्राहक क्षमता भएको लाउन्ज गत जुन ३ देखि सञ्चालनमा आएको हो ।

महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यसको उद्घाटन गरे । लाउन्जको मुख्य उद्घाटन जुन २८ देखि जुन ३० सम्म तीन दिने हुने अपरेसनल म्यानेजर सिद्धार्थ पौडेलले जानकारी दिए ।

IVF Big

यो लाउन्ज क्लब र पार्टी गतिविधि, साथीभाइ जमघटका लागि उपयुक्त रहेको उनले बताए । ‘यो नेपालीका लागि मात्र होइन । अन्य खाले खाना र पेयपदार्थ खोज्ने विदेशीलाई पनि उपयुक्त गन्तव्य हो,’ पौडेलले भने ।

जुन २८ देखि जुन ३० सम्म हुने कार्यक्रममा १० वर्षपछि पुनः एकीकरण हुने द अग्लिज् ब्याण्डले प्रस्तुति दिनेछ साथै इनोक तामाङ र डिजे बिधानले पनि अफ्नो प्रस्तुति दिनेछन। सहभागीहरूले प्रत्यक्ष डीजे सेट र अन्य विभिन्न आकर्षणहरू र गतिविधिहरूको मज्जा लिन सक्ने छन् ।

लाउन्जलाई सिड्नीका स्थानीय र विदेशी दुवै खाले पाहुनालाई मनपर्ने गरेर डिजाइन गरिएको अपरेसनल म्यानेजर पौडेलले बताए । यो भव्य उद्घाटनले सिड्नीमा रात्री जीवनका लागि नयाँ युगको सुरुवात र अविस्मरणीय उत्सव हुने जिकिर लाउन्ज सञ्चालकको छ ।

Leave A Reply

Your email address will not be published.