सुचना, समाचार र मनोरन्जन
Sarangi

आफू र समाजका लागि योग’ भन्ने नारा सहित विश्व योग दिवस मनाइँदै

काठमाडौ/

‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज विश्व योग दिवस मनाइँदै छ। हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम (श्वास अभ्यास), ध्यान र नैतिक सिद्धान्त (यम र नियम) समावेश रहेको हुन्छ ।

यो मन, शरीर र आत्माबीच तादम्यता एवम् सद्भावको भावलाई विकसित एवम् त्वरित गर्ने प्रतीक पनि हो । यसले वर्तमानमा केन्द्रित हुँदै तनाव एवम् नकारात्मकताबाट बच्न सिकाउँदछ । योगले आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउने योग गुरुहरु बताउँछन् ।

योग दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताएका छन ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए ।

उहाँले योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गरेका छन ।

Leave A Reply

Your email address will not be published.