सुचना, समाचार र मनोरन्जन
Sarangi

मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुला

चितवन/

पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएका छन् । पहिरो आंशिक रूपमा पन्छाएपछि बाटो एकतर्फी रूपमा खुला भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

एकतर्फी खुला भएको बाटो पूर्ण रूपमा सञ्चालनमा आउन केही घण्टा लाग्ने बताइएको छ । दुईतर्फी सवारी सञ्चालनका लागि पहिरो पूर्ण रूपले पन्छाउने काम भइरहेको छ ।

गएराति १ः१० मा सिमलताल नजिक आएको पहिरोले सडक पूर्ण रूपले अवरुद्ध भएको थियो ।

Leave A Reply

Your email address will not be published.