काठमाडौं /
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
आइतबार प्रतिनिधिसभाको शुन्य समयमा थापाले संसदीय व्यवस्थामा आफुलाई नटेर्ने मन्त्रीलाई फेर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै त्यसो गर्न नसके बालुवाटारबाटै डेरा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन्।
थापाले नटेर्ने मन्त्रीहरु फेर्नको लागि पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिए। उनले भने,‘प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो यो, यो त संसदीय व्यवस्था हो। यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने अनि फेर्न नसक्ने हो भने बालुवाटारबाट आँफै डेरा सर्ने।’
उनले स्थानीय तहलाई दिइने समानीकरण अनुदान घटाउने सरकारको तयारी उचित नभएको बताए। वडाको क्षेत्राधिकार पर्नेमा बजेट हाल्ने संघको अनुदान कटौती गर्ने कदम स्वीकार्य नरहेको उनको भनाइ छ।
उनले भने,‘समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक हो भने संघीय सरकारको संवैधानिक दायित्व हो। तर, संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीको कुरा बकस दिएको जस्तोगरि आएको छ, मानौं यो तजबिजी अधिकार हो। यसपालि पनि यस्तै भयो। अहिले आएर सरकारले निर्णय गर्यो अरे भन्ने सुनियो। तर, दिने अनुदानमा ७ प्रतिशत घटाउने अरे भन्नेपनि सुनियो। किनकी छैन भन्ने कुरा आयो । वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने रु अनि स्रोत छैन भनेर अनुदान कटौती गर्ने रुयो अस्विकार्य छ । यो असंवैधानिक छ।’