सुचना, समाचार र मनोरन्जन
Sarangi

सुकबहादुरको परिवारलाई क्षतिपूर्ति दिन सांसद बर्तौलाको माग

काठमाडौं /

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले असार ७ गते पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीले चलाएको गोली लागेर निधन भएका सुकबहादुर तितुङको परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बर्तौलाले सो घटनामा संलग्न निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीमाथि कारबाही गर्न माग गरेका हुन्।

उनले भनेका छन्, ‘राष्ट्रिय निकुञ्ज क्षेत्रका नागरिकले पाएको दुख र अप्ठ्यारोबारेमा धेरै जना माननीय सदस्यले प्रशन उठाउनु भएको छ। हालै पनि मकवानपुरको हेटौडा उपमहानगरपालिका १४ का सुकबहादुर तितुङको घर आँगनमै जंगल जोडिएको छ। जहाँ मध्यवर्तीक्षेत्र छ। मध्यवर्ती क्षेत्रभित्र जोडिएको त्यो क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जबाट खटिएका सुरक्षाकर्मीहरुले उनीमाथि आक्रमण गरे। गोली हानेर सुकबहादुरको हत्या गरे।’

उनले सुरक्षाकर्मीले सामान्य मानवीयता पनि नराखीकन छातीमा गोली हानेर हत्या गरेको बताउदै लोकतन्त्र र गणतन्त्रमा नागरिकलाई दिनदहाडै हत्या गर्न नपाइने बताए। उनले दोषी देखिएका माथि कानून बमोजिम कारबाही गर्दै मृतकका आफन्तलाई उचित क्षतिपूर्ती दिन माग गरेका छन्।

उनले दोषी देखिएका माथि कानून बमोजिम कारबाही गर्दै मृतकका आफन्तलाई उचित क्षतिपूर्ती दिन माग गरेका छन्।

निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेनाले गोली चलाउँदा हेटौँडाका शुक्रबहादुर तितुङको मृत्यु भएको थियो । सेनामाथि उल्टै फायर खोलेपछि सेनाले जवाफी फायरिङ गरेको सेनाको दाबी छ।

Leave A Reply

Your email address will not be published.