सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

निलम्बित मुख्य सचिव अर्याल योजना आयोगमा सरुवा

काठमाडौं /

सरकारले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गरेको छ।

IVF Big

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका अर्याललाई योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी सरुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

अर्यालको अवधिभर उक्त विशेष पद कायम रहने र त्यसपछि स्वत उक्त पद खारेज हुने उनको भनाइ छ। अर्याल निलम्वनमा परेपछि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको छ।

यस्तै बैठकले चालू आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानबापतको रकम स्थानीय तहमा पठाउने निर्णय गरेको उनले बताइन्। चालू आर्थिक बर्षमा विनियोजन भएको ८७ अर्ब ३५ करोड २९ लाख मध्ये त्यसको ९३ प्रतिशत हुने गरी १६ अर्ब ७९ करोड २२ लाख हस्तान्तरण गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।

Leave A Reply

Your email address will not be published.