काठमाडौं /
नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल {प्रचण्ड}ले बधाई तथा गितार उपहार दिएका छन् ।
आज बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले बधाई दिँदै गितार उपहार दिएका हुन् । प्रधानमन्त्री दाहालले परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहनत गर्न हौसला प्रदान गरे ।
यस्तै, उक्त भेटमा प्रधानमन्त्री दाहालले खेल र सङ्गीतका मुख्य मुख्य कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गरेको प्रधानमन्त्री दाहाल सचिवालयले जनाएको छ ।