सुचना, समाचार र मनोरन्जन
Sarangi

एन्टोनियो गुटेरेस पोखरामा (हेर्नुहोस् तस्बिरहरु)

गुटरेसलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले पोखरा विमानस्थलमा स्वागत गरे ।

राकेश गुरुङ, पोखरा  /

पर्यटकीय याम भएका कारण यतिखेर स्वदेशी एवं विदेशी पर्यटकले भरिएको पोखराले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसजस्तो अतिविशिष्ट व्यक्तिलाई स्वागत गर्यो ।

आज महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन् । गुटरेसलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले पोखरा विमानस्थलमा स्वागत गरे ।

मुख्यमन्त्री पाण्डेले खादा माला र मेयर आचार्यले गुटेरेसलाई ढाका टोपी लगाइदिए । नेपाली सेनाको हेलिकप्टरमा पोखराको पुरानो विमानस्थलमा ओर्लिएका गुटेरसको स्वागतमा बाहिर विभिन्न सांस्कृतिक झाँकी, पञ्चे बाचासहित नागरिक समाज उपस्थित थिए । गुटेरेस सोमबार बास बस्न लेकसाइडको फिस्टेल लजमा पुगेका छन् ।

महासचिव गुटेरेसलाई परम्परागत पोसाकमा सजिएका महिलाले माला लगाएर स्वागत गर्दा गुटेरेस खुशी देखिन्थे।

विमानस्थल परिसरमा पोखराको संस्कृति झल्कने झाँकीसहित पोखरेलीवासीका तर्फबाट उनको भव्य स्वागत गरिएको पोखरा महानगरप्रमुख धनराज आचार्यले जानकारी गराए।

महासचिव गुटेरेसको पोखरा आगमन पोखराको विश्वव्यापी पर्यटन प्रवद्र्धनका लागि विशेष महत्व राख्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

महासचिव गुटेरेसलाई परम्परागत पोसाकमा सजिएका महिलाले माला लगाएर स्वागत गर्दा गुटेरेस खुशी देखिन्थे।

महासचिव गुटेरेस मंगलबार बिहान ६ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने बताइएको छ। अन्नपूर्ण आधार शिविरमा छोम्रोङ पर्यटन समितिले उनको स्वागतका लागि तयारी गरेको सचिव दिलीप गुरुङले जानकारी दिए।

हेर्नुहोस् तस्बिरहरु : राकेश गुरुङ, परिचय 

सबै तस्बिरहरु : राकेश गुरुङ, परिचय

Leave A Reply

Your email address will not be published.