सुचना, समाचार र मनोरन्जन

‘पर्यटन सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ रोपाइँ महोत्सव

पोखरा /

‘पर्यटन सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ असार १५ गते शनिबार पर्यटकीय नगरी पोखरामा रोपाइँ महोत्सव हुँदैछ। अफ सिजनमा पर्यटकको आकर्षण बढाउन वि.सं. २०६१ सालदेखि रोपाइँ महोत्सव सुरु गरिएको थियो। यसपालिको महोत्सव १९ औं संस्करण हुनेछ।

Gokarna Karki

महोत्सवमा हिले दौड, हिले भलिबल, रस्साकस्सी, असारे गीत गायन, हल गौरु दौडलगायतका प्रतियोगिता गरिनेछ। त्यस्तै समीक्षा अधिकारी, बालकाशी गुरुङ, निर्जला गुरुङ र प्रजापति पराजुलीको साङ्गीतिक प्रस्तुति पनि रहनेछ।

पोखरा पर्यटन परिषदले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पोखराको फेवा फाँटमा महोत्सव हुँदैछ। कार्यक्रम सफल बनाउन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठको संयोजकत्वमा ४५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। महोत्सवका स्थानीय आयोजकका रूपमा पोखरा महानगरपालिका–२३ मार्गी।बगर टोल विकास संस्था रहेका छन्। त्यसैगरि प्रवद्र्धकका रुपमा गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा पोखरा महानगरपालिका छन्।

‘पोखराको बढ्दो शहरीकरण र स्थानीयको बदलिँदो जीवनशैलीले रोपाइँ महोत्सवले परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्न टेवा पु¥याएको छ’, परिषदका महासचिव सञ्जयकान्त सिग्देल भन्छन्, ‘महोत्सवले पोखराको पर्यटन बढाउने उल्लेख्य भूमिका निर्वाह गरेको छ।’

नेपालमा असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाइन्छ। पोखरामा हुने रोपाइँ महोत्सवमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ। हिले दौड, हिले भलिबल, रस्साकस्सी, असारे गीत गायन, हल गौरु दौड प्रतियोगिता। साथै कार्यक्रममा चर्चित गायिकाहरू समीक्षा अधिकारी, बालकाशी गुरुङ र निर्जला गुरुङले साङ्गीतिक प्रस्तुति दिनेछन्। त्यसैगरी लोकगायक प्रजापति पराजुलीको पनि विशेष प्रस्तुति हुनेछ।

Leave A Reply

Your email address will not be published.