सुचना, समाचार र मनोरन्जन
Sarangi

राष्ट्रसंघका महासचिवको सम्बोधन तयारीबारे सभामुखबाट जानकारी

काठमाडौँ /

सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधन तयारीबारे जानकारी लिएका छन् । सभामुख घिमिरेले सोमबार साँझ संयुक्त सदनको बैठक (प्रतिनिधि सभा) कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गर्दै तयारीबारे जानकारी लिएका हुन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार साँझ चार बजे संयुक्त सदनको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुखले संसद् सचिवालयका उच्च अधिकारीहरुलाई व्यवस्थापन पक्षमा त्रुटिरहित सम्पन्न गर्न निर्देशन समेत दिएका छन् ।

सभामुख घिमिरेलेलाई संसद सचिवालयका महासचिव डा।भरतराज गौतम, प्रतिनिधिसभा सचिव पदमप्रसाद पाण्डेय, राष्ट्रियसभा सचिव डा।सुरेन्द्र अर्याल, प्रवक्ता एकराम गिरी, सुरक्षा अधिकारीलगायतले तयारीबारे जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.