सुचना, समाचार र मनोरन्जन

वडाध्यक्षद्वारा किसानलाई निःशुल्क मल वितरण

रामेछाप/

रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क रासायनिक मल वितरण गर्नुभएको छ । वडाध्यक्ष कार्कीले यस वर्ष नौ सय परिवारलाई सात सय २० बोरा मल वितरण गर्नुभएको हो ।

वडामा पर्याप्त मल नआउने र न्यून मात्रामा आएको मल सामानुपातिक रूपमा वितरण गर्न कठिनाइ हुने भएकाले आफूले पाउने सुविधाबाटै किसानलाई निःशुल्क मल वितरण गरेको वडाध्यक्ष कार्कीले बताउनुभयो । वडाले १० रोपनीभन्दा बढी जग्गामा खेती गरिरहेका किसानलाई एक बोरा तथा त्योभन्दा कम जग्गामा खेती गरिरहेका किसानलाई आवश्यकताका आधारमा मल वितरण गर्ने नीति बनाएको उहाँले जानकारी दिनुभयो ।

वडाध्यक्ष कार्कीले गएको वर्ष पनि आफूले पाउने सेवा सुविधाबाट किसानलाई रासायनिक मल वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.