सुचना, समाचार र मनोरन्जन

पोखराको सिनेप्लेक्स क्युएफएक्सका रुपमा संचालनमा (फोटोफिचर)

पोखरा/
पोखरा ट्रेडमलमा रहेको सिनेप्लेक्स क्युएफएक्सका रुपमा संचालनमा आएको छ। विहिबार गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सिनेमा हलको उद्घाटन गरे । उनले सिनेमा पारखीका लागि क्युएफएक्सले राम्रो सेवा प्रवाह गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

फुर्सद हुँदा आफू पनि सिनेमा हेर्न रुचि राख्ने व्यक्ती भएकाले सिनेमा माध्यम नयाँ विषयवस्तुको जानकारी मिल्न सहज हुने बताए । दर्शकको चाहना बमोजिम पोखरामा सिनेमा हलको विस्तार हुने कार्यले सिनेमा सम्बन्धि गतिविधिलाई बढवा दिन मदत पुग्ने उनले बताए ।

पोखरालाई सिनेमा टुरिजमका रुपमा पनि प्रचारप्रसार गर्न सकिने भनाई मन्त्री थापाको छ । “पोखरामा अक्सर थुप्रै सिनेमा छायांकन हुने भएकाले ओपन स्टुडियोको रुपमा यसलाई विकसित गर्न सकिने र सिनेमा टुरिजम मार्फत लाभ लिन सकिने हुँदा सबैको ध्यान यतातर्फ पनि केन्द्रित हुन आवश्यक छ ।”, उनले भने ।

भौतिक पुर्वाधार मात्रैले भन्दा पनि नीतिगत रुपमा नै सिनेमाको विकासमा प्रदेश सरकार लागि पर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन । मन्त्री थापाले सरकार एक्लैले गरेर मात्र केही नहुने र सिनेमा सम्बन्धित व्यक्ति र संघसंस्थाको सक्रियतामा नै प्रभावकारी काम गर्न सकिने बताए ।

यसअघि सिनेप्लेक्सको व्यवस्थापन रहेकोमा विहिबार देखि क्युएफएक्सले सम्पूर्ण व्यवस्थापन सम्हालेको हो । पोखरा सिनेप्लेक्सको हल आफ्नो व्यवस्थापनमा सञ्चालनमा ल्याएको क्युएफएक्सले जनाएको छ।

 

सुविधा सम्पन्न हलहरूमा दर्शकले आरामदायी सिट, आधुनिक प्रोजेक्सन र साउण्ड सिष्टम तथा टु डी र थ्री डी स्क्रिन सहित चलचित्र हेर्न पाउने सुविधा रहेको क्युएफएक्सले जनाएको छ । पोखरा सँगै देशभर क्युफएएक्स सिनेमाको पर्दा सङ्ख्या ४० र हल सङ्ख्या १७ पुगेको छ।

सो अवसरमा पोखरामा पत्रकार र दर्शकलाई बहुप्रतिक्षित सिनेमा “कल्की” निशुल्क देखाइएको छ । क्युएफएक्सको शुभारम्भ कार्यक्रममा पोखराका व्यवसायिक देखि सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । पोखरामा यसअघि २०७३ सालमा क्युएफएक्स संचालनमा आएको थियो ।

फोटो फिचर:

 

 

 

Leave A Reply

Your email address will not be published.