सुचना, समाचार र मनोरन्जन

जनप्रियमा फिल्डवर्क प्रतिवेदन लेखनका लागि अभिमुखीकरण

पोखरा /

जनप्रिय बहुमुखी क्याम्पसले स्वायत्त कार्यक्रम अन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) सातौँ सेमेस्टरका विद्यार्थीलाई फिल्डवर्क प्रतिवेदन लेखनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले फिल्डवर्कमा सूचना र तथ्याङ्क सङ्कलन गरेपछि खाकामा राख्नुपर्ने हुँदा विद्यार्थीहरूलाई सहज होस् भन्ने हेतुले अभिमुखीकरण कार्यक्रम राखिएको बताए । खड्काले प्रतिवेदन लेखन प्राविधिक कुरा भएकाले विज्ञद्वारा दिइने तालिमले सहयोग पुग्ने हुँदा अभिमुखीकरण कार्यक्रममा सक्रिय सहभागिताका लागि विद्यार्थीलाई अनुरोध गरे ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख मेखराज पौडेल, पब्लिक क्याम्पस प्राध्यापक संघ, जनप्रिय एकाइका सभापति विकास थापामगर, उपप्राध्यापक शिलु चालिसेले सैद्धान्तिक ज्ञानलाई व्यावहारिकतामा रूपान्तरण गर्न अभिमुखीकरण कार्यक्रम सहयोगी हुने बताए ।

फिल्डवर्कको विधि, तथ्याङ्क सङ्कलन, सर्वेक्षण, अन्तरवार्ता, अवलोकन, उपकरण, प्रस्तुतीकरण र लेखनका विधागत विषयमा प्रा.डा. विकासकुमार के.सी.ले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए ।

मानित विश्वविद्यालय उन्मुख जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) वि.सं. २०७४ देखि नेपालमै पहिलो पटक लागु गरिएको हो । अहिलेसम्म ३ व्याचका शतप्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएको जानकारी क्याम्पस प्रशासनले दिएको छ ।

निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वायत्त कार्यक्रम संयोजक दिव्यलक्ष्मी चालिसेले गरेकी थिइन ।

Leave A Reply

Your email address will not be published.