पोखरा /
पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ ।
बिहिबार ५ आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरिएको हो । सम्बन्धित आमा समूहको पदाधिकारीलाई कार्यालयमै बोलाएर मादल, खैजेडी र मुजुरा हस्तान्तरण गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।
‘कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले आमा समूहलाई वाद्यवादन सामग्री प्रदान गरिएको हो,’ उनले भने । वडाले हाल सम्म १४ आमा समूहलाई १ मादल, २ खैजेडी र २ थान मुजुरा उपलव्ध गराएको हो ।
नवदिप आमा समूहकि अध्यक्ष भागवती तिवारीले वडाको कार्यको प्रशंसा गरिन । उनले वाद्यवादको सहुपयोग गर्ने प्रतिबद्धता जनाइन । वडा सदस्य शान्ति कोइरालाले आमा समूहहरुले अझै बढी सक्रियता बढाउनुपर्ने सुझाव दिइन ।