काठमाडौँ/
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तत्काल नछाड्ने रणनीति बनाएको छ ।
सत्ताकाे प्रमुख घटक नेकपा एमाले प्रचण्ड सरकारबाट बाहिरिए पनि रास्वपाका मन्त्रीले राजीनामा नदिने भएका हुन् ।
रास्वपा उच्च स्रोतका अनुसार रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई अन्तिमसम्म साथ दिने छ । ‘प्रधानमन्त्रीकाे राजीनामा नआएसम्म हाम्रा मन्त्रीहरूले सरकार छोड्नु हुन्न । नयाँ सरकार बनाउने कुरामा आफुहरु सामेल नहुने बताएका छन ।