सुचना, समाचार र मनोरन्जन

बाबुरामको व्यङ्ग्य : सबैलाई सधैँभरि ठग्न सकिँदैन

काठमाडौँ /

नेपाल समाजवादी पार्टी {नेसपा} अध्यक्ष बाबुराम भट्टराईले सबैलाई सधैँभरि ठग्न नसकिने बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै उनले यो टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति इङ्गित गर्दै लेखेका छन्, ‘चर्चित भनाइ छ , ‘केहीलाई सधैँभरि ठग्न सकिन्छस सबैलाई केही बेर ठग्न सकिन्छस तर सबैलाई सधैँभरि ठग्न सकिन्न। सन्दर्भ बुझौँ ’

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ ।

Leave A Reply

Your email address will not be published.